Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कहाँबाट आयो दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डसँग हतियार र १०० राउण्ड गोली?

प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट पक्राउ गरिएको जनकारी दिए । यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए ।

यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो। 

प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।