Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बढीगार्ड अत्याधुनिक हतियारसहित पक्राउ

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बढीगार्ड अत्याधुनिक हतियारसहित पक्राउ गरेका छन्। 

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई पक्राउ गरिएको काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। उनी दुर्गा प्रसाईंको बडी गार्ड रहेका बताइएको छ। प्रहरीले उनको साथबाट बन्दुक पनि बरामद गरेको छ। 

उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ। खड्काको साथबाट जीएसजी ५ जर्मन सेमी अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली पनि बरामद भएको उनको भनाइ छ।