Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

चौंथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथको तयारी

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् । मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको छ ।

शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको छ । मनाङे चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैसँग राखेका थिए ।