Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कृष्णबहादुर महरा पक्राउ परेपछि गगन थापाले सरकारलाई धन्यवाद दिए (भिडियो)

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारलाई धन्यवाद दिएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकका सुरुमै उनले विभिन्न भ्रष्टाचार तथा तस्करी प्रकरणबारे धारणा राख्दै महरा पक्राउपछि सरकारलाई धन्यवाद दिएका हुन्।  थापाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरेको पुष्टि भएको पनि बताए।

‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ र प्रहरीको नियमित छानविनबाट अनुसन्धान सहि ठाउँमा पुग्न सक्दैन भनेर उठायो। शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो’, उनले भने, ‘हामीले भर्खरै समाचार सुन्यौँ, कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारले धन्यवाद छ। आयोगले किटान गरेको मान्छे छुट्नु हुन्न हाम्रो साथ छ।’ 

भिडियो: