Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको बताएका हुन् ।

उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए ।उनले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको बताए ।