विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन् । स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् ।
सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्थामा शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो । हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा लागेको थियो । तर, उनी आफैँ मृत भेटिएका हुन्। उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल आस्पताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी जनाएको छ ।
उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव भेटिएको थियो । शिवशंकर र चिन्द्रिका चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिराहाका एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।
चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । शिवशंकर एक हप्ता अगाडि मात्रै मेलेसियाबाट फर्किएका थिए । घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।