Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

वीरगंजका मेयर सिंहविरुद्ध कारबाही अघि बढाउन गृहमन्त्रीको निर्देशन

नागरिकता किर्ते प्रकरणमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका मेयर सिंहविरुद्ध गृहमन्त्री लामिछानेले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो तर कारबाही प्रक्रिया अघि बढेको थिएन ।

मेयर सिंहले समितिको बयानमा रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको बयान दिएका थिए।भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका स्थानीय पञ्जीकरण भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको बताएका थिए ।

पदबाट जोगिन मेयर सिंहले गृह मन्त्रालय समक्ष दिएको बयानको २४ घण्टा नबित्दै दोस्रो भनिएकी श्रीमती रिता भट्टराईलाई अंश र डिभोर्स मुद्दा दिन पनि लगाएका थिए ।