Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित, संसद बैठक स्थगित

प्रतिनिधि सभा सदस्य माननीय मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको हो ।

सांसद अन्सारीको आज उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज हुनुभएको थियो । उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य रहेकी थिइन् ।

बजेटको शिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको छ । आज पनि बैठक बोलाइएकोमा उनको निधनपछि र्बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।