Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जसपाकी सांसद मञ्जु अन्सारीको निधन

जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ । आज आइतबार बिहान ७ः५५ बजे सांसद शर्माको निधन भएको सो पार्टीको संसदीय दलका उपनेता नवलकिशोर साहले जानकारी दिएका छन् ।

 उनको हृदयाघातको कारण निधन भएको जनाइएको छ । सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन् । 

जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन् । उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।