Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुन तस्करी प्रकरणः प्रतिवेदनले दोषी देखाएका महरासहित सबैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

हडपिएको बाँसबारीको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै थाल्न निर्देशन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवाली समेतलाई बोलाएर उनले प्रतिवेदनले दोषी देखाएकाहरूलाई कारबाही गर्न भनेका हुन् ।

गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कुनै दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ । लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिएका हुन् ।