Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टर स्केलको भूकम्प भएको हो ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् ।