Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सीके राउतलाई वीरगञ्जमा १०१ किलोको माला

 जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई वीरगञ्जमा एक सय एक किलो फूलको मालाले स्वागत गरिएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनको लागि वीरगञ्ज पुगेका राउतलाई एक सय एक किलो फूलको माला लगाएर स्वागत गरिएको हो ।

दुई दिनसम्म वीरगञ्जको क्लासिक बैंक्वेटमा केन्द्रीय कार्य समितिको बैठक बस्ने छ । बैठकमा अध्यक्ष राउतले समसामयिक विषयमा ब्रिफिङ गरेका थिए ।

पार्टीको आगामी कार्य नीति एवं योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।