काठमाडौं महानगरपालिका–२६ रानीबारीमा शनिबार दिउँसै चोरी भएको छ ।
डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो । चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ ।