Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

मोबाइल सेन्टरमा हजार र पाँच सयको नक्कली नोट छाप्दा–छाप्दै पक्राउ

काभ्रेपलाञ्चोक । बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै बेथानचोक ३ का सबिन हुमागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५ सय रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको छ । जसमा ६९ थान एक हजारको नोट र पाँच सयको एउटा नोट बरामद भएको हो । साथै प्रहरीले मोबाइल, आइफोन, ल्यापटप र प्रिन्टरसमेत नियन्त्रणमा लिएको छ ।

ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको हो ।

हुमागाईंलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।