Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुन तस्करी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न बुटवल लगियो

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ।।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो । तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो । उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो ।

जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए । सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले ​जनाफको छ। 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ। आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन्। उनी शुक्रबार अपराह्न काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ परेका थिए।