Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुन तस्करी प्रकरणः सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा कार्यरत दुई डीएसपी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । डीएसपीहरु रुगमबहादुर कुँवर र दुर्गा दाहाललाई प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरूमाथि ६० किलो र भेपमार्फत भएको सुन तस्करीमा त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको जाँचबुझ निष्कर्ष छ ।

 सुनमा संलग्नहरूसँग सम्पर्क देखिएको आरोपमा आयोगले एआईजी किरण बज्राचार्यलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।