Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

आज हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइनुभएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो । 

जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्तभएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।