Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै

सुन तस्करी जाँचबुझ आयोगले आज बिहीबार सरकारलाई प्रतिवेदन बुझाउँदैछ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिबेदन बुझाउन लागेको हो ।

जस अनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन् । उक्त प्रतिवेदन गृह मन्त्रालयमा बिभागीय मन्त्रीले बुझ्ने छन् । गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

 सुरुमा तीन महिना समय दिइएको आयोगको समय सीमा थप दुई महिना थप्ने निर्णय गरेपछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।