Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

महिनाको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज फागुन महिनाको अन्तिम दिन बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । चाँदि प्रतितोला १ हजार १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।