Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

वैदेशिक रोजगार विभागका कर्मचारी १५ हजार घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले विभागका कर्मचारी प्रमोद निरौलालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।