जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस अवस्थाभा भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक फरार भएका छन् ।
रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अञ्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेका भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताएका छन् ।