Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कर्णाली पुलमाथि ट्रकमा आगलागी

कैलालीस्थित कर्णाली पुलमाथि ट्रकमा आगलागी भएको छ । लाइटर बोकेको ट्रकमा अचानक आगजनी भएको हो ।

ट्रकका स्टाफहरुलाई प्रहरीले उद्दार गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । ट्रकको नम्बर खुलेको छैन । ट्रकमा आफैँ आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।