Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

धनगढीमा छिमेकीको कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ

छिमेकीको कुटपिटबाट धनगढीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-८ को धनगढीका ३५ वर्षीय महेश रानाको रहेका छन् । उनको सोमबार राति छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला रानामाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

उपचारका क्रममा रानाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रानाको हत्या अभियोगमा स्थानीय मिनबहादुर चौधरीसहित पाँचजना पक्राउ परेका छन् । हाल घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।