Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरीका सईको मृत्यु

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार मृत्यु भएको हो । यही फागुन २० गते सई खत्रीलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो ।

ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।