महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण स्थगित भएको छ ।
संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा हुन लागेको ‘कमिसन अन दि स्टाटस अफ वुमन’ को ६८औं सत्रमा भाग लिन मन्त्री चौधरी जाने तय भएको थियो ।भ्रमणका लागि मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति पनि दिएको थियो ।
प्रधानमन्त्रीले तत्काल नै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण स्थगन गरिएको जनाइएको छ । मन्त्री नगएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरेको छ ।