Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आफै गाडी चलाएर अस्पताल गएका सेनाका पूर्व पाइलट बिष्टको मृत्यु

सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को मृत्यु भएको छ । काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो ।

विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ । उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए । उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन् ।

 उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन् । उनको आज राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।