Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पदबहालीपछि कुन मन्त्रीका कस्ता वाचा?

नवनियुक्त मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएसँगै मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका गएर पदबहाली गरेका हुन् ।

CKK_KTM_RAGHUBIRMAHASETH_1273da12-84cf-4dae-9641-6bb0391fa53a(1).jpg

नव नियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बताएका छन् । उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए ।

WhatsApp Image 2024-03-06 at 20.30.34_c2ebb657.jpg
नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । मन्त्री श्रेष्ठले दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्न र अझ उन्नत बनाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । साथै उनले विश्वका शक्तिशाली र सबै मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बनाउन समेत ध्यान केन्द्रित हुने बताए ।

BBB_KTM_20240306205351_IMG_0077.jpg

नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन् । उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए । गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न पनि निर्देशन दिए ।

WhatsApp Image 2024-03-06 at 21.21.32_dd7cee50.jpg

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए । मन्त्री पुनले आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तर मन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

KRB_KTM_SHAKTIBASNET_image_123650291(4).jpg

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सबै कर्मचारीसँग मिलेर देश र नागरिकको हितका लागि काम गर्ने बताए । पदबहालीलगत्तै उनले ‘नयाँ राष्ट्रिय ऊर्जा तथा विद्युत् विकास नीति’ तर्जुमा गर्न एक कार्यदल गठन गर्नेसम्बन्धी प्रस्ताव र जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको गाइडलाइन तयार पार्ने निर्देशिकामा हस्ताक्षर गरेका छन् ।

WhatsApp Image 2024-03-06 at 20.12.12_502d341d.jpg

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुर्खेतको गुरुवाकोट नगरपालिकामा सामुदायिक विद्यालयका लागि पालिकामार्फत कार्यान्वयन हुने आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

CA_KTM_20240306_203230 (1).jpg

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ ९ईयू० ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् । मन्त्री तामाङले ईयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्धरूपमा काम गर्ने उनको भनाइ छ । नवनियुक्त पर्यटनमन्त्री तामाङले पदबहाली लगत्तै हवाई नीति २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे ।

KRB_KTM_REKHASHARMA_image_123650291.jpg

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रम अपरिहार्य भएकाले मेहनत गर्न कर्मचारी तथा मातहत निकायका प्रमुखलाई निर्देशन दिएकी छन् । उनले यसअघि मन्त्रालयले थालनी गरेका कार्यक्रमलाई सम्पन्न गर्न थप मेहनत गर्न निर्देशन दिइन् ।

WhatsApp Image 2024-03-06 at 20.12.09_82714848.jpg

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू निर्माण गर्ने बताएका छन् । मन्त्री गिरीले देशको विकास निर्माणमा सहयोग पुग्ने गरी कानुन निर्माणमा ध्यान दिने बताए ।

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएकी छन् । उनले किसानको समस्या समाधान गर्न नसके कुर्सीमा बस्नुको औचित्य नहुने बताइन् । मन्त्री साहले दूध किसानको बाँकी रकम समयमै भुक्तानी गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितकम प्रयास गर्ने बताएका छन् । उनले आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गरे । त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रत्यक्ष लाभ हुनेगरी नागरिकका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

CKK_KTM_9362.jpg

नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमनागरिकले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्च अधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री उप्रेतीले नेपाली नागरिकको आशा र अपेक्षाको विषय रहेको यो आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताए ।

SR_KTM_20240306_203134(1).jpg

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देशका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाई विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने बताइन् ।

KRB_KTM_image_123650291(3).jpg

नेपाली युवालाई स्वदेशमै सहजरूपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न उनले निर्देशन दिइन् । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउन सक्दो प्रयास गर्ने उनले बताए ।