नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई पनि प्रधानमन्त्रीको रुपमा प्रस्ताव नगरेको बताएका छन् ।
नयाँ गठबन्धनलाई भत्काउन कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हल्ला फैलिएकै बेला महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘केही पत्रकार मित्रले शोधिरहनु भएको छ– के काँग्रेसले ‘फलाना’लाई प्रधानमन्त्री अफर गरेको हो? स्पष्ट गरौं– कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन’, उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् । उनले नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना दिँदै पार्टीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् ।