Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

'गठबन्धन गर्ने प्रवृत्तिदेखि रिस उठेर राजनीतिमा आएकी' सुमना गठबन्धनबाटै मन्त्री बनिन्

गठबन्धनको विरोध गर्दै राजनीतिमा प्रवेश गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठ गठबन्धनबाटै मन्त्री बनेकी छिन् ।

सुमनाले आफू 'गठबन्धन गर्ने प्रवृत्तिदेखि रिस उठेर म राजनीतिमा आएको' बताउने गरेकी थिइन् । रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेसँगै सुमना पनि मन्त्री बन्ने पक्का भएको हो।

सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन्।

भिडियो -

 
लामिछाने र अर्याल यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।