Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

राजनीति र सेयर बजारमा हलचल: आधा घण्टा नपुग्दै ‘सर्किट ब्रेक’ लागेर दोस्रो पटक रोकियो कारोबार

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार दोस्रो सर्किट ब्रेक लागेको छ । सेयर बजार मापक नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ‘सर्किट ब्रेक’ लागेर दोस्रो पटक कारोबार रोकिएको छ ।

बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । ११ बजेर २३ मिनेटमा पुनः सुरु भएको कारोबार ११:२४ मै  ५.३ प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार रोकिएको छ । 
 
सोमबार कारोबार सुरू भएको आधा घण्टामा ५.०३  प्रतिशतले बढेको हो । बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा पुगेको छ । सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशत, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।