Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

टी–२० सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ ।

मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी–२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

खेल तालिका

– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहीबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
–नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।
– फाइनल, फागुन २२ गते मंगलबार ।