Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुन चाँदीको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो?

साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भएको चाँदीमा आज ५ रुपैयाँ गिरावट भएको हो ।