Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कृषि विकास बैकको वार्षिकोत्सबको उपलक्ष्यमा फुटसल खेल सन्चालन

कृषि विकास बैक लि.को ५७ औं वार्षिकोत्सब तथा कृषि विकास बैक कर्मचारी युनियन, नेपालको दोस्रो स्थापना दिवसको उपलक्ष्यमा बैकको अन्तर प्रदेश (महिला र पुरुष) तथा अन्तर संस्थान फुटसल (पुरुष) प्रतियोगिताको समुद्घाटन भएको छ । 

बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए। यसअघि बैकका प्रमुख कार्यकारी अधिकृत गुरुङ र कर्मचारी युनियनका अध्यक्ष जानुका पौडेलले संयुक्त रुपमा प्रतियोगितामा विजयी खेलाडीहरुलाई वितरण गर्ने ट्रफीहरुको अनावरण गरे । 

उद्घाटनपछिको सुरुको खेल बैक ब्यबस्थापन र बैकमा कृयाशील ट्रेड युनियनहरुका बीच सम्पन्न भएको थियो । उक्त मैत्रीपूर्ण खेलमा बैक ब्यवस्थापनलाई  युनियनले २ को बिरुद्ध ६ गोल गरी पराजित गरेको थियो । 
त्यसपछिका खेलमा विभिन्न १४ पुरुष र ६ महिला गरी २० टिमले प्रतिष्पर्धा गरेका थिए । तीन दिनसम्म चल्ने प्रतियोगिता कृषि विकास बैक कर्मचारी युनियनले आयोजना गरेको हो । प्रतियोगिता भृकुटीमण्डपस्थित फनपार्कमा संचालन भइरहेको छ । 

विभिन्न रचनात्मक कार्य गरिरहेको यो युनियनले यसअघि लोकसेवाले लिने कृषि विकास बैकको परीक्षा तयारी अनलाइन कक्षा निस्शुल्क रुपमा चलाउनुका साथै परीक्षा उपयोगी स्मारिका 'बैंकिङ सन्देश' समेत प्रकाशनमा ल्याएको छ । यसले धेरै परीक्षार्थीहरु लाभान्वित भएका छन् ।