Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नदीको पानी एक्कासी सेतो भएपछि...

सामान्यतया नदीहरूमा या त धेरै सङ्लो पानी वा धमिलो पानी हुन्छ, तर सायद तपाईंले सेतो रंगको नदी कहिल्यै देख्नु भएको छैन। भर्जिनियाको एउटा सानो नदीमा अचानक सेतो रंगको पानी बग्न थालेपछि स्थानीय मानिसहरु आत्तिएका छन् ।

आत्तिएका मानिसहरूले आपतकालीन सेवाहरूमा फोन गरे र यो पानीको अनुसन्धान गरियो। लिन्चबर्ग फायर डिपार्टमेन्टले फेसबुक पोस्टमा सम्पूर्ण विवरण बताएको छ । पोस्टमा उसले लेखेकि छ- अपरेटरले ९११ मा कलको जवाफ दिए जसमा हेन्ड्रिक्स स्ट्रिट नजिकैको एउटा नदी पूर्ण रूपमा सेतो भएको र मानिसहरू यसबाट त्रसित भएको बताइएको थियो।

वेस्टओभर डेरी प्लान्टबाट निस्कने दूधका कारण पानीको रंग सेतो भएको उसले बताएको छ । प्लान्टमा ड्रेनेज लाइन अवरुद्ध हुँदा ढलबाट दूध ओभरफ्लो भई नदीमा गएको विभागले जनाएको छ । उसले थप लेखेको छ अवरोध हटेको छ र ओभरफ्लो पनि रोकिएको छ । साथै, स्थानीय र राज्य जलस्रोत अधिकारीहरूलाई घटना बारे जानकारी गराइएको छ। विभागले फोहोर दुधबाट “जनस्वास्थ्यमा कुनै खतरा” नभएको बताएको छ।

यसअघि पनि यस्ता घटना बाहिर आएका छन् जसले मानिसलाई त्रसित बनाएको छ । सन् २०२० मा केही समयदेखि रुसमा एउटा नदीको रंग चुकन्दर जस्तै रातो भएको थियो, जसका कारण स्थानीयवासी निकै स्तब्ध र चिन्तित भएका थिए । डेली मेलका अनुसार इस्किटिमका नदी धेरै नदीहरू मध्ये एक हो जसको रंग रहस्यमय रूपमा रातो भएको थियो। यस नदीको रंगमा यो परिवर्तन केही प्रदूषणका कारण भएको मानिन्छ। यो नदी रूस को दक्षिणी भाग मा स्थित छ।