Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

प्रणय दिवसकै दिन ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ आज कारोबार?

नेपाली बजारमा आज बुधबार सुनचाँदीको भाउमा उच्च मूल्यको गिरावट आएको छ । आज सुन प्रति तोला १२ सय रुपैयाँले घट्दा चाँदी पनि ३० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रति तोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालसहित विश्वभर आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे एक-अर्कामा प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी-प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ।