Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

नेपालसहित विश्वभर आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे एक-अर्कामा प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी-प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ।

images-of-propose-day-1024x739.jpg

युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनका लागि पनि लिने गर्छन्। आजका दिन प्रेमको प्रतिकका रुपमा रहेको रातो गुलाबको फूल आफ्ना प्रियजनलाई दिने चलन छ। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ। हरेक वर्ष यस दिवसको अवसरमा विदेशबाट लाखौँको गुलाफ आयात हुने गरेको छ। यसवर्ष पनि भारतबाट ९० प्रतिशत गुलाफ आयात भएको छ। यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।

valentine.png

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ। फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन (किस) डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ ।