Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको दोस्रो दिन हेर्नुहोस् कतिमा हुँदैछ सुनको कारोबार?

नेपाली बजारमा आज साताको दोस्रो कारोबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो । आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भैरहेको छ ।

यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।