शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइँदै

पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइँदै

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइँदै

    नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१ औँ जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा ख्यातिप्राप्त नाट्ययकर्मीको सहभागितामा कार्यक्रम गर्न लागिएको नेपाल नाट्य प्रतिष्ठान, पोखराका अध्यक्ष प्रा. डा. रामचन्द्र पोखरेलले जानकारी दिए । 

    कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदारनाथ पौडेद्वारा लिखित एवं निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्रा. डा. रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा. अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सिके श्रेष्ठको नेपाली नाटक हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भई छलफल एवं अन्तरक्रिया गरिने छ । 

    कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा पोखरेलले जानकारी दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवर्द्धक रहेको कार्यक्रममा भारतबाट वरिष्ठ नाट्यकर्मी सिके श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा. विजय रुचाल, वरिष्ठ नाट्यकर्मी दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ नाट्यकर्मी सरुभक्तलगायत स्वदेशी एवं विदेशी नाट्यकर्मी, अभिनेता एवं अनुसन्धाता गरी एक सय ५० जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।  

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार