प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बास्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारजस्तो जवाफदेहीविहीन नालायक सरकार इतिहासमा कहिल्यै नभएको भन्दै आक्रोश पोखेका हुन् ।
उनले भने, ‘यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ । कहिले सुन्छ सरकारले ? यो शून्य समयको के भ्यालु ? सुन्या छ कि छैन ? सुन्या भए जवाफ चाहियो ।’ उनले धुलिखेल पाँचखाल सडक नबनेको र काभ्रेका किसानले दूध बेचेको पैसा नपाएकोप्रति झनै आक्रोश पोखे ।
उनले धुलिखेल पाँचखाल सडक नबनेकोप्रति आक्रोश पोखेका छन् । उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन । धन्न हाम्रो देशको प्रधानमन्त्री । अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानु भयो, भौतिक मन्त्री यही हुनुहुन्छ । उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने?’ उनले काभ्रेका किसानले दूध बेचेको पैसा कहिले पाउँछ? भन्दै प्रश्न गरेका छन् ।