शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

चन्द्रमाको माटोमा पनि बिरुवा

चन्द्रमाको माटोमा पनि बिरुवा

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • चन्द्रमाको माटोमा पनि बिरुवा

    पृथ्वीको उपग्रह हो, चन्द्रमा । त्यहाँ पानी, हावा र जीव तथा वनस्पति केही पनि छैन । तर, त्यहाँ ढुंगा छ । माटो छ । पहाड, लेक, मैदान र खोच तथा क्रेटर छ । धरातल पृथ्वीभन्दा फरक छैन । तर, जीवन छैन त्यहाँ, मात्र जगत् छ । त्यो पनि चन्द्र जगत् ! तर आश्चर्यको कुरा के भएको छ भने चन्द्र जगत्बाट पृथ्वीमा ल्याइएको माटोमा वैज्ञानिकले बिरुवा उमारेका छन् ।

    अब प्रश्न उठ्छ, के चन्द्रमाको माटो अझै जिवित छ ? त्यसो भए त हावा र पानी मात्र भएपछि चन्द्रमामा बस्ती बस्न सम्भव देखिन्छ । पृथ्वीका वैज्ञानिकले चन्द्रमामा बस्ती बसाल्ने सपना पनि देखिरहेका छन् । यसै बेला तालमा ताल पनि मिल्न गयो । चन्द्रमाबाट ल्याइएको माटोमा पहिलोपटक बिरुवा पनि उम्रियो । चन्द्रमाको माटोमा बिरुवा उम्रिएको देखेपछि आफैंले गरेको प्रयोगमा वैज्ञानिक स्वयं चकित भएका छन् ।

    यसपछि त उनीहरूको स्फूर्तिले चन्द्रमा छुन पुगेको छ । साच्चै ! चन्द्रमामा लामो समयसम्म मानिस बस्न सम्भव हुने बनाउन सकिने परिकल्पना गर्न थालेका छन् वैज्ञानिक १ माटो परीक्षण एक महत्वपूर्ण कदम हुने वैज्ञानिकको ठहर छ ।

    images

    यो माटो सन् १९६९ देखि १९७२ सम्मका ‘अपोलो अभियान’का क्रममा चन्द्रमाबाट पृथ्वीमा ल्याइएको हो । यो धूलोमा पानी सिँचाइ गरी उपयुक्त बनेपछि बिउ रोपिएको थियो । त्यसमा दुई दिनपछि नै बिउ अंकुराउन थालेको देखेपछि अनुसन्धानकर्ताको हर्षको सीमा नै रहेन ।

    पृथ्वीको माटोसरह यसमा पनि वनस्पतिको उर्वर शक्ति देखेपछि दंग परेका अनुसन्धानकर्ता आफैँ फेरि पनि थप अनुसन्धानमा जुटेका छन् । वैज्ञानिक एना–लिजा पोल यो काममा निरन्तर जुटिरहेकी छन् । सुरुका दिनमा अवस्था उस्तै रह्यो चन्द्रमाको माटो र पृथ्वीको माटोमा उम्रिएका बिरुवा ६ दिनसम्म उस्तै एकै प्रकारका देखिए ।

    पछिल्ला दिनमा भने चन्द्रमाको माटोमा उम्रिएका बिरुवा ढिलो बढ्न थाले । साथै, ठूला पनि हुन सकेनन् । ती ठूला पनि भएनन् । तर, पनि अमेरिकी अन्तरिक्ष प्रशासनका वैज्ञानिक भने चन्द्रमा र मंगल ग्रहमा पाइने माटोमा यस्ता प्रयोग निरन्तर गरिरहेका छन् । यसको अर्थ हो, कतै चन्द्रमा र मंगल ग्रहमा मानवबस्ती बसाउन र खानाको स्रोत जुटाउन सकिहालिन्छ पो कि!

    अहिलेको परीक्षण अनुसन्धानमा परेको समस्या भनेको मंगल ग्रह र चन्द्रमाको माटो थप अनुसन्धानका लागि पर्याप्त छैन । किनकि, सन् १९६९ देखि तीन वर्षको अवधिमा नासाका अन्तरिक्षयात्रीले चन्द्रसतहबाट चट्टान, भित्रीभागका नमुना, गिट्टी तथा बालुवा र धुलो गरी जम्मा ३८२ केजी ल्याएका थिए । -एजेन्सीको सहयोगमा

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार