Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सिन्धुपाल्चोक दोरिङ भिरमा कार दुर्घटनाः दुई भुटानी नागरिकको मृत्यु, पाँच जना घाइते

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । मृतकको सनाखत भने भएको छैन ।

घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको उनले बताए ।