Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा पुगेर रोकिएको हो ।

३०६ कम्पनीको कारोबार हुदा १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ५३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रो र माथिल्लो मैलुङ खोला हाइड्रोको साथौ सामलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।