Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

‘लभ एण्ड वार’का लागि रणवीरले घटाए पारिश्रमिक

निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित फिल्म ‘एनिमल’ ब्लकबस्टर भएपछि अभिनेता रणवीर कपूर बलिउडमा सबैभन्दा बढी माग हुने अभिनेतामा परेका छन् । यो फिल्मको सफलताले उनले आफ्नो बजार मूल्य पनि बढाएका छन् ।

फिल्म ‘एनिमल’ अघि ३० करोड पारिश्रमिक लिने रणवीरले ‘एनिमल’को सफलतापछि ६५ करोड पारिश्रमिक पु¥याएका छन् । तर उनले दिग्गज फिल्म निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीका लागि भने आफ्नो पारिश्रमिक घटाएका छन् । निर्देशक भन्सालीले हालैमात्र रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई लिएर नयाँ फिल्म ‘लभ एण्ड वार’को घोषणा गरेका थिए ।

फिल्म निकट स्रोतका अनुसार भन्सालीको फिल्ममा रणवीरले एक सर्तमा काम गर्ने सहमति जनाएका छन् । उनले आफूले पारिश्रमिक घटाएका विषय बजारमा चर्चा नहोस् भन्ने शर्तमा अभिनयका लागि सहमत भएको फिल्म निर्माण पक्षले दाबी गरेको छ । रणवीरको बजार मूल्यको कुरा गर्दा उनले अर्का अभिनेता रणवीर सिंहलाई पनि पछि पारेका छन् ।