Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

झिनो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?

 नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।  बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो ।  

बजार २०८४.०९ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । ९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । यस दिन साम्लिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक १.०३ प्रतिशतले घटेको छ ।