Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कालिञ्चोकमा दोस्रो पटक हिमपात: भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा पुनः यस वर्षको दोस्रो पटक बाक्लो हिमपात भएको छ। गत मंगलबार परेको हिमपात बिलाउन नपाउँदै पुनः बुधबार राति अबेरसम्म हिमपात भएको स्थानीयले बताएका हुन्  ।

kalinchok2.webp

‘एक साता परेको हिमपातको कारण चहलपहल बढेको यस क्षेत्रमा दोस्रो पटक पुनः हिमपात भएसँगै चहलपहल थप बढ्न सक्ने अनुमान गरिएको छ ।’ स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चोकका सञ्चालक चन्द्रकुमार लामाले बताए । तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो । मंगलबार परेको हिउँ पग्लिएर सकिन लाग्दा पुनः बिहीबार बाक्लो हिउँ झरेकोले छिमेकी देशका पर्यटक बढ्न सक्ने उनले बताए ।
अघिल्लो पटक परेको हिउँ बिलाएर आउन नपाएका भारत र बङ्गलादेशका पर्यटक यस पटकको हिउँ केहि दिन रहने हुँदा कालिञ्चोक आउन सक्ने उनले बताए । 

 

kalinchok1.webp

अघिल्लो साताको हिमपात पछि कालिञ्चोकमा १५ हजार भन्दा धेरैले भ्रमण गरेका थिए। त्यसमा प्रायः जसो धेरै स्वदेशी पर्यटक आए पनि यस पटकको हिमपातले बाह्य पर्यटक वृद्धि गर्ने अनुमान गरिएको उनले बताए । दोस्रोपल्ट परेको हिउँ शुक्रवार र शनबार रहने हुँदा पनि अघिल्लो साताको तुलनामा कालिञ्चोक आउनेको संख्या वृद्धि हुने व्यवसायीहरूले अनुमान गरेका हुन् । माघ लाग्ने बित्तिकै परेको हिमपातले थोरै भए पनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको होटल संचालक नवराज पाख्रिनले सुनाए।