Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

प्रभु महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन्।  मंगलबारको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। 


उनी प्रभु ग्रुपकी समेत प्रबन्धनिर्देशक रहेकी छिन्। बिजनेस एडमिनिस्ट्रेसन र कम्प्युटर साइन्सको अध्ययन गरेकी उनलाई कम्पनीले प्रभु ग्रुपलाई अन्तर्राष्ट्रिय बजार र विविध औद्योगिक क्षेत्रमा सफल विस्तारका लागि श्रेय दिएको छ। उनले प्रभु ग्रुपमा निर्देशकको भूमिका निर्वाह गरिेसकेकी छिन् भने अमेरिकामा प्रभु ग्रुप प्रालि, सिंगापुरमा नेपाल सिपिङ लाइन प्रालि, मलेसियामा प्रभु सिपिङ लाइनलगायतका ग्रुपअन्तर्गतका कम्पनीमा योगदान गरिसकेको कम्पनीले उल्लेख गरेको छ। 

उनी प्रभु ग्रुपको अध्यक्ष समेत रहेका एमाले सांसद देवीप्रकाश भट्टचनकी छोरी हुन्।