नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको।
निगमले पेट्रेल, डिजेल र मट्टितेलको साविकको मूल्य घटाएको छ। आज सोमबार निगमले पेट्रेल, डिजेल र मट्टितेलको साविकको मूल्यमा १ रुपैयाँ घटाएको हो ।
भारतबाट पेट्रोलप्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
