Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

न्यायाधीशकी श्रीमतीले गरिन् सर्वोच्च हाताभित्र आत्मदाह प्रयास

न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालतको हाताभित्रै आत्मदाहको प्रयास गरेकी छिन् ।

उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । शरीरमा पेट्रोल खन्याउन लाग्दा प्रहरीले उनलाई रोकेको थियो । हाल उनी प्रहरीको नियन्त्रणमा छिन् ।

यसअघि उनले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् ।