Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बम्जनको घर पुगेको प्रहरीलाई गेट नखोलिदिएपछि...

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली रामबहादुर बम्जनको घरमा पुगेको छ । उनको घरमा मंगलबार फेला परेका वस्तुको अध्ययन गर्दा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले घरमा पुगेको टोलीलाई परिवारका सदस्यले गेट नखोलिदिएपछि बाहिरै रहेका छन् ।

ब्यूरोको टोलीले बूढानीलकण्ठ प्रहरी प्रभागको टोलीलाई अहिले बोलाएको स्रोतले जानकारी दिएको छ । “उनको निवासमा थप शंकास्पद वस्तु रहेको हामीले अनुमान गरेका छौँ,” एक प्रहरी अधिकारीले भने, “थप अनुसन्धानका लागि प्रहरी टोली पुगेको भए पनि घरभित्रबाट गेट नखोलिदिएपछि थप टोली बोलाइएको हो ।”

त्यसपछि पनि नखोलिए जनप्रतिनिधिको रोहबरमा गेट तोड्नुपर्ने हुन सक्ने ती प्रहरी अधिकारीको भनाइ छ ।