Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार

 नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । 

विधान मस्यौदामाथि छलफल गर्न बैठक बस्न लागेको महासचिव देव गरुङले जानकारी दिए  । उनका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ । त्यस्तै चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

 यसअघि माओवादीले भदौं १६ देखि पुस १६ सम्म चार महिने अभियान चलाएको थियो।